एमालेमा ओलीको नेतृत्व आवश्यक छ : सुवास नेम्वाङ

एमालेमा ओलीको नेतृत्व आवश्यक छ : सुवास नेम्वाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अपाध्यक्ष पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले फेरि एमालेमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको बताएका छन् । वरिष्ठ उपाध्यक्षको दावी गरेका नेम्वाङले केन्द्रदेखि प्रदेशसम्मको हालको अवस्थालाई पार लगाउन एमालेमा अध्यक्ष ओलीको नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

त्यसैगरी उनले ओलीले भनेर आफू उपाध्यक्ष पदमा उठ्न तयार भएको बताएका छन् । नेम्वाङको नाम आइतबार राति अध्यक्ष ओलीले उपाध्यक्षमा प्रस्तुत गरेका थिए । ‘अव यहाँवाट निस्केर निर्वाचनमा जानुपर्छ । अध्यक्षले राख्नु भएको प्रस्तावलाई हलले पास गरेपछि मैले उपाध्यक्षको म्यान्डेट पाएँ,’ उनले भने, ‘मलाई लागेको कुरा अध्यक्षलाई भनेको छु । केन्ददेखि प्रदेशसम्मको हालको अवस्थालाई पार लगाउन केपी ओलीको नेतृत्व आवश्यक छ । अहिलेको अवस्थामा ओलीको नेतृत्व अपहरिहार्य हो ।’