देउवालाई बधाई दिँदै नेम्वाङले भने- कांग्रेसका कोही मित्रसँग छुट्टै गठबन्धन बनाउँदैनौं

देउवालाई बधाई दिँदै नेम्वाङले भने- कांग्रेसका कोही मित्रसँग छुट्टै गठबन्धन बनाउँदैनौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अन्य दलभित्र छुट्टै गठबन्धन निर्माण गर्ने काम गलत भएको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै उपनेता नेम्वाङले कांग्रेसले जस्तो प्रधानमन्त्रीका लागि अन्य दलहरूसँग छुट्टै गठबन्धन नबाउने टिप्पणी गरेका हुन् ।

उनले भने, ‘जिम्मेवार प्रतिपक्षले तपाईंलाई, तपाईंको सरकारलाई सहयोग गर्छ । हामी प्रत्येक मन्त्रालयको अनुगमन गर्छौं, सरकार के गरिरहेको छ हेर्छौं । तपाईं र तपाईंको सरकारलाई गलत ठाउँमा गलत भन्दै तपाईंलाई सहयोग गर्छौं । पार्टीगत रुपमा तपाईंको पार्टीलाई सहयोग रहन्छ, तपाईंको पार्टीभित्र कोही मित्रसँग छुट्टै गठबन्धन बनाउँदैनौं ।’

नेम्वाङले अर्को दलभित्र गठबन्धन निर्माण गर्नु गलत भएको र यो कुरालाई समर्थन गर्न नसकिने जानकारी दिए ।