एक महिनाअघि हराएकी सुजिताको शव शौचालयको ट्याङ्की भित्र भेटियो

एक महिनाअघि हराएकी सुजिताको शव शौचालयको ट्याङ्की भित्र भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महोत्तरी भ्रमपूरा – ७ की सुजिता ठाकुरको हत्या गरी शव शौचालयको ट्याङ्कीमा गाडिएको पाइएको छ । आज बिहान प्रदेश प्रहरीले शव गाडिएको ठाउँमा उत्खनन् गरेको हो ।

निर्माणाधीन शौचालयको ट्याङ्की भित्र शव गाडिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार शवलाई टुक्रा–टुक्रा पारी ट्याङ्की भित्र गाडेर माथिबाट सिमेन्टले प्लास्टर गरिएको छ । प्रहरीले प्लास्टर भत्काएर शव निकाल्ने काम गरिरहेको छ ।

सुजिताको हत्या ससुरा पतिराम ठाकुर र देवर रुपेश ठाकुरले गरेको खुलेको थियो । हत्या आरोपमा यसअघि असार १३ मा उनका श्रीमान मुकेश र देवरलाई पक्राउ गरेको थियो भने ससुरा अझै फरार छन् ।

केही दिन अघि सुजिताको हत्या भएको खुल्ने केही प्रमाणहरू घर नजिकैको खेतमा भेटिएको थियो । माइती पक्षले हत्याको शंका गरेपछि सुजिताको शवलाई खेतबाट ल्याएर शौचालयको ट्याङ्कीमा गाडिएको प्रहरीको आशंका छ । सुजिता गत जेठ २० गतेदेखि बेपत्ता भएकी थिइन् ।