पुस २३ देखि २५ सम्म सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’, यस्ता छन् अफर

पुस २३ देखि २५ सम्म सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’, यस्ता छन् अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको लागि सुजुकीफोर ह्विलरको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २३ देखि २५ गतेसम्म ‘विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउनेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निशुल्क कार वासको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिसमा ५० प्रतिशत पाउनेछन् । साथै, यो अवधिमा सुजुकीकाग्राहकले स्पेयर पार्टस्, इन्जिनआयल, एसोसरिज र ह्विलएलाइनमेन्टमा १० प्रतिशत छुट पाउनेछन् ।

सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।