काठमाण्डु – प्रिमियम सुजुकी गाडीहरुको प्रिमियम सेल्स च्यानल सिजी/नेक्स्ट जेनले न्यू इग्निसको पुनर्सज्जा सार्वजनिक गरेको छ । न्यू इग्निसले शानदार अग्रभागयुक्त एसयुभी डिजाइन, फराकिलो र जबरजस्त पछिल्लो भाग तथा उच्च सिटिङ अवस्थिति प्रदर्शन गर्दछ । यसमा थपिएका एसयुभी विशेषतामा आकर्षक स्पोइलर र रुफ रेल समावेश छन् ।
जबरजस्त डिजाइन, उच्च सिटिङ अवस्थिति र उच्च ग्राउन्ड क्लियरेन्सको संयोजनले न्यू इग्निसलाई एउटा परिपूर्ण कम्प्याक्ट अर्बन एसयुभी बनाएको छ । यसमा थपिएका सुखद विशेषतामा आरामदायी र फराकिलो भित्री भाग, हालसालै विकसित सुरक्षा विशेषता, यस वर्गका कारहरुमै अब्बल ड्राइभिङ सामथ्र्य र गतिशीलता हो । न्यू इग्निसमा १.२ लिटर बिएस६ कम्प्लाएन्ट पेट्रोल इन्जिन छ, जसले सजिलो तथा आरामदायी ड्राइभिङको अनुभूति प्रदान गर्दछ ।
पूरै नयाँ बाहिरी भाग
न्यू इग्निसको विशिष्ट डिजाइनलाई एसयुभी डिजाइनका तत्वहरु समावेश गरेर सशक्त बनाइएको छ । अंग्रेजी अक्षर यू–आकारको आकृति र बम्परमा फैलिएको बोल्ड स्किड प्लेटसहितको फ्रन्ट ग्रिलले यसलाई स्थिरस्वरुप दिएको छ । उच्च सिटिङ पोजिसन, जबरजस्त र फराकिलो आकारसहितको पछिल्लो फेसिया, रुफ रेल र स्पोइलरले यसको एसयूभी विशेषतालाई अझै माथि उकासेका छन् । भव्य डिआरएलएसबाट सुसज्जित प्रभावकारी तथा व्यवस्थित एलइडी प्रोजेक्टर हेडल्याम्पले न्यू इग्निसमा देखिने भव्यतालाई अझ बढी प्रस्ट पारेको छ ।
फराकिलो र आरामदायी भित्री भाग (इन्टेरियर)
न्यू इग्निसको फराकिलो क्याबिनमा विशिष्ट डुअल टोन आइभोरी इन्टेरियर सिट फेब्रिक र नयाँ आधुनिक ढाँचा देख्न पाइन्छ । ड्यासबोर्डको विशिष्ट लिनियर डिजाइनले क्याबिनमा प्रशस्त खुला ठाउँको अनुभूति दिलाउँछ । सिग्नेचर नेक्साको निलो रङसँग पंक्तिबद्ध हुँदै ब्लू हाइलाइटले यसको केन्द्रीय ढाँचालाई सजाएको छ । न्यू इग्निसमा १७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो छ ।
इन्जिन तथा ट्रान्समिसन
न्यू इग्निसमा बिएस६ कम्प्लायन्ट १.२ लिटर भिभिटी पेट्रोल इन्जिन छ, जसले जोशिलो कार्यसम्पादन सुनिश्चित गर्दछ । यो आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्ने गरी पूर्ण रुपमा सुधार गरिएको इन्जिन हो ।
सुपेरियर सेफ्टी
नयाँ इग्निसमा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेको छ । नयाँ इग्निसमा े सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्ट्रेन सिस्टम र इबीडीसहितको एबीएस रहेको छ ।
हार्टटेक्ट प्ल्याटफर्मको पाँचौ पुस्तामा तयार गरिएको नयाँ इग्निसमा फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रिय रेगुलेसनमा आधारित छ ।
Price
| Ignis Delta | Rs 3149000.00 |
| Ignis Zeta | Rs 3449000.00 |
| Ignis Alpha | Rs 3749000.00 |
| Technical Specification | |
| Dimensions | |
| Length (mm) | 3700 |
| Width (mm) | 1690 |
| Height (mm) | 1595 |
| Wheelbase (mm) | 2435 |
| Boot Space (L) | 260 |
| Engine | |
| Engine Type | K12 VVT BS6 |
| Engine Capacity | 1197 cc |
| Max power (ps) | 84 @ 6000 rpm/61 kw@6000 rpm |
| Max Torque (Nm) | 113 @ 4400 rpm |
| No. of Cyclinder | 4 |
| Transmission | |
| Type | 5MT |
| Brakes | |
| Front | Disc |
| Back | Drum |
| Steering | |
| Steering Type | Electric |
| Turning Radius (m) | 4.7 |
| Suspension | |
| Front | Mac Pherson Strut |
| Rear | Torsion Beam |
| Others | |
| Fuel Tank Capacity (L) | 37 |
| Seating Capacity | 5 |
| Kerb Weight (kg) | 840-865 |
| Tyre Size | 175/65 R15 |




प्रतिक्रिया