सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प भाेलिदेखि,४ जना भाग्यमानी ग्राहकलाई होलिडे प्याकेज

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प भाेलिदेखि,४ जना भाग्यमानी ग्राहकलाई होलिडे प्याकेज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले भाेलिदेखि मनसुन फ्री सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ ।

नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले श्रावण २४ देखि २६ गतेसम्म मनसुन फ्री सर्भिस क्याम्पको आयोजना गर्ने भएको हाे।

मनसुन मौसममा हुँने लगातार वर्षाले कुनै पनि सवारी साधनमा नकारात्मक प्रभाव पार्नसक्ने हुनाले यसमा ध्यान पुराउन अत्यन्त जरुरी छ भनि कम्पनीले जनाएको छ ।

सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उहाँहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुन लागेको कम्पनीले जनाएको छ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ४ जना भाग्यमानी ग्राहकले चितवनस्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा होलिडे प्याकेज पनि जीत्न सक्नेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी-हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनुहुनेछ । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट पाउनुहुनेछ भने लेवर चार्जमा २० प्रतिशत छुट र एसोसरिजमा, स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत छुट पाउँनेछन्।

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।