स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, संघसंगठन समूह दर्ता कहिले ?

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, संघसंगठन समूह दर्ता कहिले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– त्रिभुवन विश्वविद्यालयले चैत ५मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शु्क्रबार कार्यतालिका सार्वजनिक गर्दै फागुन १९ का लागि संघसंगठन समूह दर्ता गर्ने समय तोकेको हो ।

१९ गते दिनको ३ बजे सम्म संघसंगठन समूह दर्ता गर्न सकिने छ ।

२१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै फागुन २७ गते प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय तोकिएको छ । त्रिविले प्रचार प्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम र त्यसपछि मौन अवधि सुरु हुनेछ ।