स्ववियु चुनावको उम्मेदवारी दर्ता आज

स्ववियु चुनावको उम्मेदवारी दर्ता आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्न सकिने छ ।

दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुनेछ ।

उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

मतदान ५ चैतमा हुँदैछ ।