काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति स्वर्णिम वाग्लेले मधेशदेखि काठमाण्डु उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरूलाई पार्टीमा प्रवेश गराएको बताएका छन् ।
बिहीबार काठमाण्डुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको अनुहार जस्तो छ, पार्टीको अनुहार पनि त्यस्तै बनाउने अभियानमा रास्वपा लागेको भन्दै त्यसको सानो झलक आजको पार्टी प्रवेश कार्यक्रमबाट देखिएको बताए ।
उनले भने, ‘आज सुदूरपश्चिम, मधेशदेखि काठमाण्डु उपत्यका सबै देशलाई नै जोड्ने गरेर विभिन्न अनुहारहरू आउनुभएको छ । हामीले पार्टीका कार्यक्रमहरूमा भन्ने गरेका छौं, यो देशको अनुहार जस्तो छ हाम्रो पार्टीको अनुहार पनि त्यस्तै हुनुपर्छ भनेर यो समावेशिताको मर्मलाई अपनाएर अगाडि बढिरहेको पार्टी हो यसमा हामीले धेरै काम गर्न बाँकी नै छ । हाम्रो नियत, प्रयास सही दिशामा छ जस्तो लागेको छ र आज त्यसैको सानो झलक देखिएको छ ।’
सबै ठाउँको प्रतिनिधित्व हुने गरेर १५ जनाले पार्टी प्रवेश गरेको पनि उनले जानकारी दिए । फागुन २१ गतेको निर्वाचनमा चौथो नम्बरबाट पहिलो पार्टी बन्ने उद्घोषका साथ अगाडि बढेको पनि उनको भनाइ छ ।




प्रतिक्रिया