काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले १५१ सिट जित्ने पार्टीको लक्ष्य रहेको बताएका छन् ।
पोखरामा शनिबार आयोजित सदस्य भेटघाट कार्यक्रममा बोल्दै उपसभापति वाग्लेलेरास्वपा १५१ सिटको लक्ष्यमा अघि बढेको बताएका हुन् ।
उनले भने ‘‘अब हामी २०/२१ सिट होइन, अबको राष्ट्रिय स्वतन्त्र पार्टीको लक्ष्य भनेको १५१ सिट हो । २१ बाट १५१ सिट, यो चानेचुनै संकल्प होइन । २१ बाट ५०/६० पो ठिकठिकै हो । २१ बाट १५१ नै किन भनियो भने यसका पछाडि हाम्रो विगतको संसदमा एउटा पिडादायिक अनुभव छ ।’
रास्वपा व्यक्तिमाथि दल र दलभन्दा माथि मुलुक हुनुपर्छ भनेर अघि बढेको उनले बताए ।




प्रतिक्रिया