स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञमा डा बराकोटी र मिश्राको नाम सिफारिस, कसले मार्ला बाजी ?

स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञमा डा बराकोटी र मिश्राको नाम सिफारिस, कसले मार्ला बाजी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ (१२ औँ तह) मा बढुवाका लागि दुई जनाको नाम सिफारिस भएको छ ।मन्त्रालयमा मंगलबार बसेको बढुवा समतिको बैठकले प्रमुख विशेषज्ञमा बढुवाको लागि डा. टंकप्रसाद बराकोटी र डा.संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो ।

बढुवा समितिले पहिलो नम्बरमा मेची अस्पतालमा कार्यरत डा.बराकोटी र दोस्रो नम्बरमा स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखामा कार्यरत डा. मिश्राको नाम सिफारिस गरेको स्रोतले जानकारी दियो । उमेर हदका कारण गत २ माघमा प्रमुख विशेषज्ञ डा. भीमसिंह तिंकरीले अवकाश पाएका थिए । सो स्थान अहिले खाली छ ।

त्यसमा बढुवाका लागि मन्त्रालयले गत ६ चैतमै सूचना निकालेको थियो । ११औँ तहमा कम्तीमा ५ वर्ष सेवा गरेका विशेषज्ञहरू १२औँ तहमा बढुवाका लागि योग्य हुन्छन् । बढुवा कार्यक्षमता मूल्यांकनका आधारमा हुने व्यवस्था छ ।