काठमाण्डु – स्वास्थ्य मन्त्रालयले विभिन्न विभाग हेर्ने अधिकारीहरुको जिम्मेवार हेरफेर गरेको छ ।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै खोप शाखा प्रमुखको जिम्मेवारी सागर दाहाललाई दिएको छ । यसअघिका डा. झलक शर्मालाई व्यवस्थापन महाशाखा पठाइएको जनाइएको छ ।
सार्क क्षयरोग केन्द्रका निर्देशक विवेकलाल कर्णलाई परिवार कल्याण महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ । महाशाखाका निर्देशक तारा पोख्रेललाई विवेकलालको ठाउँमा पठाइएको छ ।
क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक अनुज भट्टचनलाई कर्णाली प्रदेश निर्देशनालयमा पठाइएको छ । उनको ठाउँमा प्रकाश शाहलाई ल्याइएको छ ।
भरतपुर अस्पताल प्रमुखमा कृष्ण पौडेललाई नियुक्त गरिएको मन्त्रालयले जनाएको । सो अस्पतालका रोशन न्यौपानेलाई गजेन्द्र नारायण स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल सरुवा गरिएको छ ।




प्रतिक्रिया