स्वास्थ्य राज्यमन्त्री रावतको अवस्था सुधारोन्मुख

स्वास्थ्य राज्यमन्त्री रावतको अवस्था सुधारोन्मुख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत अस्वस्थ भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका छन् ।

उनको मुटुमा समस्या आएपछि आइतबार मुटुको एन्जीओप्लास्टी (शल्यक्रिया) गरिएको उनको निजी सचिवालय सदस्य भीमराज सिंहले जानकारी दिए ।

उनका अनुसार राज्यमन्त्री रावतको स्वास्थ्यावस्था सुधारोन्मुख छ । केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राज्यमन्त्री रावतको शल्यक्रिया गरेको थियो । उपचारपछि आजै राज्यमन्त्री रावतलाई घर पठाइने बताइएको छ ।