अनेरास्ववियुले टुङ्ग्यायो स्ववियु सभापतिको उम्मेदवार, कुन क्याम्पसमा को ?

अनेरास्ववियुले टुङ्ग्यायो स्ववियु सभापतिको उम्मेदवार, कुन क्याम्पसमा को ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि स्ववियु सभापतिको उम्मेदवार टुंगो लगाएको छ ।

अनेरास्ववियुले आज विहान देशका १४ वटा क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार टुंगो लगाएको हो ।

अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सिद्धान्त भट्ट,रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौँमा लोकेश खड्का, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, जनकपुरमा पुरुषोत्तम चौधरी, पूर्वाञ्चल क्याम्पस धरानमा ईश्वर बन्जाडे, पंकज गुप्ता महाराजगन्ज मेडीकल क्यापस र जनप्रिय क्याम्पस पोखरा आविष्कार के.सीलाई सभापतिको उम्मेदवार बनाउँदै छ ।

यस्तै, कोटेश्वर बहुमुखी, कोटेश्वरमा शर्मिला भण्डारी, ग्रामीण आदर्श क्याम्पस, नेपालटारको सभापतिमा बैकुण्ठ (अशोक) खनाल,पशुपति बहुमुखी क्याम्पसमा सोनाम मोक्तान, एनआर क्याम्पस नेपालटारमा निरज श्रेष्ठ, पब्लिक युथ क्याम्पस,धोबिचौरमा निराजन विक्रम शाही,वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पवन यादव, महेन्द्र मोरङमा अनिश बोगटी , सर्लाही बहुमुखी क्याम्पस सर्लाहीमा कृष्ण कुमार यादब चिन्टु, महेन्द्र बहुमुखी दाडमा सागर पण्डितलाई उम्मेदवार बनाउने टुंगो लगाएको छ ।

स्ववियु चुनाव आगामी चैत ५ गते हुँदै छ भने आज संघ–संगठन दर्ता हुँदै छन् ।