तनहु-१ मा मतगणना जारी,रास्वपाका स्वर्णिम वाग्लेलाई दोब्बर बढी मतको अग्रता

तनहु-१ मा मतगणना जारी,रास्वपाका स्वर्णिम वाग्लेलाई दोब्बर बढी मतको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ – तनहुँ–१ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले अग्रता कायमै लिएका छन् । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत हिजो सम्पन्न भएको उपनिर्वाचनको मतगणना जारी रहदा समकक्षी भन्दा दोब्बर मतले वाग्ले अगाडी रहेका हुन ।

आज बिहान ६ बजेसम्म ९ हजार २ सय ४६ मत गणना हुँदा वाग्लेले ५ हजार १९ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार २ सय ५१ मत पाएका छन ।

तेस्रो प्रतिस्पर्धीको रुपमा देखिएका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ५४९ मत पाएका छन् । बारा र चितवनमा मतगणना सुरु हुन नसके पनि तनहुँ–१ मा भने हिजो राती देखी मतगणना सुरु गरिएको थियो ।