रास्वपा उपसभापति वाग्लेको निर्वाचन खर्च करिब २७ लाख

रास्वपा उपसभापति वाग्लेको निर्वाचन खर्च करिब २७ लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा तनहुँ–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

उनले निर्वाचनको समयमा २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेका छन् । उनले मनोनयन दर्ता गर्न १० हजार, ३ हजारमा मतदाता नामावली खरिद गरेका छन् भने ६ लाख ५० हजार २९८ रुपैयाँको प्रचार प्रसार सामग्री तथा खरिद र प्रिन्ट गरेका छन् ।

यस्तै विद्युतीय प्रचार प्रसारमा ३ लाख ४८ हजार ४६४ रुपैयाँ खर्च गरेका छन् । वाग्लेले ४२ वटामा कार्यालय सञ्चालन गर्न ४ लाख २० हजार, ६९ मतदान केन्द्रमा बुथ परिचालन गर्न ३ लाख १९ हजार ३००, १५ दिनका लागि सवारी तथा इन्धनमा ४ लाख ५० हजार, खाना, खाजा र अस्थायी बसोबासका लागि ३ लाख ४८ हजार ९०० रुपैयाँ र विविध शिर्षकमा १ लाख ४० हजार ७९२ रुपैयाँ खर्च गरेका छन् ।