स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता कायमै,पछिपछि पद्मा अर्याल

स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता कायमै,पछिपछि पद्मा अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा – स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ११ हजार ९२० मतसहित अगाडि छन् ।

गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी सचिव पद्मा अर्याल २ हजार ४१८ मतले पछि परेकी छन् । अर्यालको मत ९ हजार ५०२ छ ।

मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएको आरोप एमालेले लगाएपछि बाजुरा र स्याङ्जा २ मा मंसिर १४ गतेदेखि मात्रै मतगणना सुरु भएको थियो ।