स्याङ्जा २ मा एमालेलाई सुरुवाती अग्रता

स्याङ्जा २ मा एमालेलाई सुरुवाती अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्याङ्जा २ मा एमालेकी पदमा अर्यालले सुरुवाती अग्रता लिएकी छन्। लामो समयको विवाद पछि हिजो रातिबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा कांग्रेसका धनराज गुरुङलाई पछाडि पार्दै पदमाले अग्रता लिएकी हुन् ।

एमालेकी अर्याल २६ सय ४८ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गुरुङले २३ सय ७८ मत पाएका छन्।

अहिलेसम्म चार वटा वडाको मतगणना भएको छ ।