स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, २२ जना घाइते

स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, २२ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिका–३, दिमिकमा जीप दुर्घटना भएको छ ।
द्युर्घटनामा एक जना बालकको ज्यान गएको भने २२ जना घाइते भएका छन् ।

पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको ग १ ज ३८४१ नम्बरको जीप गल्याङ बजारनजिकै बुटवल पावर कम्पनीको उकालो सडकबाट झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु भएका अन्दाजी साढे २ वर्षीय बालकको सनाखत हुन बाँकी छ । घाइतेमध्ये २० जनालाई उपचारका लागि पाल्पा पठाइएको छ । दुई जनाको गल्याङमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

थप उपचारका लागि पाल्पाको तानसेन पठाइएका घाइतेमध्ये १२ महिला र ८ जना पुरुष रहेका छन् ।