शानदार मःम पसलमा सिलिन्डर विस्फोट अपडेट : घाइते २ जनाको मृत्यु

शानदार मःम पसलमा सिलिन्डर विस्फोट अपडेट : घाइते २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाडौंको कमलपोखरीमा रहेको शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोटमा परि घाइते भएका २ जनाको मृत्यु भएको छ ।

उपचारको क्रममा घाइते भएका हेटौँडा स्थायी घर भइ काठमाडौँ २८ कमलपोखरी बस्ने रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो । उनीहरुको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो ।

यही माघ २४ गते बिहान ग्यास सिलिन्डर विस्फोट भएर सानदार मम पसलमा आगलागी हुँदा ११ जना घाइते भएका थिए।

घाइते ९ जनाको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।