एसीको कुलिङ ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

एसीको कुलिङ ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चितवनमा सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार दिउँसो ३ः२० बजेको समयमा भरतपुर महानगरपालिका-१६ मा रहेको रोयल फर्मासिटीकल्स उद्योगको दोस्रो तल्लामा ‘एयर कन्डिस्नर (एसी)’ को ‘कुलिङ ग्यास’ भर्ने क्रममा सिलिण्डर पड्किएको हो ।

सिलिण्डर पड्किँदा त्यहीँ काम गरिरहेका भरतपुर महानगरपालिका-१२ का ३० वर्षीय प्रमोद कोइराला र पर्सा जिल्ला पर्टेर्वा सुगौली गाउँपालिका-५ का २८ वर्षीय इम्तियाज देवान गम्भीर घाइते भएका थिए ।

घाइतेमध्ये कोइरालालाई उपचारका लागि भरतपुर अस्पताल पुर्याइएकोमा दिउँसो करिब ४ः०५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।

उनका अनुसार अर्का घाइते देवानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको पौडेलले जानकारी दिए । दुवै जना रोयल फर्मासिटीकल्स उद्योगमा एसीमा ग्यास भर्नका लागि त्यहाँ गएका थिए ।