मन्त्रीको आफन्तको घरमा १५ वटा सिलिन्डर, एउटै परिवारले किने ५० किलो नुन !

मन्त्रीको आफन्तको घरमा १५ वटा सिलिन्डर, एउटै परिवारले किने ५० किलो नुन !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको एक आफन्तको घरमा १५ वटा सिलिन्डर रहेको पाइएको छ । मन्त्री भट्टले मन्त्रालयका अधिकारीसँग एक आफन्तको घरमा १५ वटा सिलिन्डर रहेको बताएका हुन् ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले मंगलबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्रीले नै आफूलाई उक्त कुरा बताएको उल्लेख गरे । उनले मन्त्री भट्टको कुन आफन्तको घरमा १५ सिलिन्डर रहेको हो भन्ने विषयमा भने खुलाएनन् ।

यस्तै उनले बिदाको दिनमा मन्त्री र आफू उपत्यकाको विभिन्न स्थानको निरीक्षण गर्ने क्रममा एउटै परिवारले ५० किलो नुन, १ हजार ट्वाबलेट सिटामोललगायत वस्तु खरिद गरेको पाइएको पनि बताए ।