यसरी हुँदैछ सिरियामा सत्ता हस्तान्तरण

यसरी हुँदैछ सिरियामा सत्ता हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सिरियाका पूर्वप्रधानमन्त्रीले विद्रोही शक्तिलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न सहमति जनाएका छन् । राजधानी दमासकसमा भएको बैठकपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणमा प्रधानमन्त्री मोहम्मद अल बासिर सहमत भएका हुन् ।

यो निर्णयपछि ५० वर्ष भन्दा लामो समयको असाद परिवारको बर्बरतापूर्ण शासनको अन्त्य भएको छ । यसैगरी विद्रोही सेनाले सिरियाको राज्य पक्षीय सेनालाई आफ्नै सेनामा आबद्ध गर्ने निर्णय गरेको छ ।

हायात ताहिर अल साम (एचटिएस)का सैन्य अपरेसन कमान्डले सो निर्णय गरेको हो । एचटिएसले पुरानो सत्ताका सबैले डकुमेन्ट र सामग्री बुझाउन आवश्यक रहेको जनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले असाद सरकार ढलेपछि मध्यपूर्वमा शान्ति स्थापनाका बारे जोर्डनका राजा अब्दुल्लाहसँग वार्ता गरेका छन् ।

सन् २०१५ मै सिरियामा शान्ति स्थापनाका बारे रोडम्याप नै तयार भएको थियो । त्यसै रोडम्यापका बारे पनि चर्चा गर्ने सोच अहिले छ ।

सन् २०१२ मा गृह युद्ध सुरु भएपछि आफ्नो दूतावास हटाएको अमेरिकाले फेरि सिरियामा दूतावास राख्ने भएको छ। आसाद सरकार ढलेपछि कूटनीतिक सम्बन्ध राख्नका लागि भने अमेरिका तयार रहेको छ ।

पछिल्लो समय सिरियाका बारे संयुक्त राष्ट्र संघले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । बफर क्षेत्रमा इजरायलको उपस्थितिमा राष्ट्र संघले असहमत जनाएको हो ।

सन् १९७४ मा असंलग्न क्षेत्रका बारे गरिएको सम्झौता विपरीत अहिले इजरायलको उपस्थित भएको आरोप राष्ट्र सङ्घको छ । इजरायलले पनि नेतान्याहुको सरकार ढलेपछि मध्यपूर्व नयाँ मोडमा प्रवेश गरेको बताएको छ ।

सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको हिजबुल्लाहसँगको लडाइँका कारण सिरियामा परिवर्तन भएको जनाएका छन् । हिजबुल्लाह र असादका अर्को सहयोगी इरान कमजोर भएकै कारण सिरियामा परिवर्तन सम्भव भएको उनको दाबी छ ।