काठमाण्डु – युएन मिसनअन्तर्गत यूएनडीओएफ, सिरियामा तैनाथ नेपाली शान्ति सेनाको अदलीबदली भएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनानी राधाकृष्ण खड्काको कमाण्डमा १९२ जनाको टोली यूएनको चार्टर फ्लाइटमार्फत मंगलबार बिहान ८ : ३५ बजे काठमाण्डुबाट सिरियातर्फ प्रस्थान गरेको छ ।
कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न मिसनहरूमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा योगदान पु¥याउँदै आइरहेको छ ।




प्रतिक्रिया