बसमै ‘सिरिन्ज’ हानेपछि यसरी फसे स्याङ्जाका पाठक

बसमै ‘सिरिन्ज’ हानेपछि यसरी फसे स्याङ्जाका पाठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा – काभ्रेपलाञ्चोकको बनेपाबाट ‘सिरिन्ज’ हानेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बसमा यात्रा गरिरहेकी एक महिलालाई ‘सिरिन्ज’ हानेको अभियोगमा स्याङ्जाका ३४ वर्षिय खगेन्द्र पाठकलाई इलाका प्रहरी कार्यालय बनेपाले बनेपाको चारदोबाटोबाट पक्राउ गरेकोे हो ।

‘तीखो’ चिजले घोचेपछि ती महिला बसमै कराएकी थिइन् । आक्रमण गर्ने पाठक महिलाको नजिकै भएकाले पाठकलाई यात्रुहरुले कुटपिट गरी बसबाट बाहिर निकालेका थिए ।

उनलाई बनेपा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । पीडित महिलालाई उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।