काठमाण्डु – आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोटका लागि नेपाल समूह ‘२’ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग भिड्नेछ।
प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ। यसमा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रका ९ टोली सहभागी छन्, जसलाई तीन समूहमा बाँडिएको छ।
समूह विभाजन यस प्रकार छ:
समूह १: युएई, मलेसिया, कतार
समूह २: नेपाल, कुवेत, जापान
समूह ३: ओमान (आयोजक), पपुवा न्यूगिनी, सामोआ
नेपालले पहिलाे खेल अक्टोबर ८ मा कुवेतसँग खेल्ने छ भने दोस्रो खेल अक्टोबर १० मा जापानविरुद्ध हुनेछ।
समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्, जुन अक्टोबर १२ देखि १७ सम्म हुनेछ। सुपर सिक्सबाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीले आगामी टी–२० विश्वकपमा स्थान बनाउने सम्भावना बढाउनेछ।




प्रतिक्रिया