त्रिदेशीय टी–२० क्रिकेट : नेपाल र नेदरल्यान्ड्सको खेल आज

त्रिदेशीय टी–२० क्रिकेट : नेपाल र नेदरल्यान्ड्सको खेल आज


काठमाण्डु – स्कटल्यान्डमा भइरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा सोमबार नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् ।

यो खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । प्रतिगोगिता आइतबारदेखि शुरू भएको हो जसमा घरेलु टोली स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको छ । नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्नेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् । तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी–२० शृङ्खला गुमाउनेछन् ।

यस्तै चोटका कारण सोमपाल कामीले पनि सिरिज गुमाउनु परेको छ । यसअघि झा र कामीले आइसिसी लिग–२ को अन्तिम खेल पनि गुमाएका थिए ।

तीन टोलीबिच लिग–२ को सिरिजपछि पुनः टी–२० सिरिज हुन लागेको हो । लिग–२ को एक दिवसीय सिरिजमा नेपालले चार खेलमा तीन जित निकालेको थियो ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरन ठगुन्ना, लोकेश बम, रुपेश सिंह र आरिफ शेख ।