काठमाण्डु– नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ ।
शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल र हङकङको समान ५-५ अंक भएपनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो ।
नेपालले ४ खेलमा २ जित निकाल्दा एक खेलमा हार र एक खेल नतिजाबिहीन भएको थियो। हङकङले समान खेलमा एउटा मात्रै खेलमा जित निकाल्दा ३ खेल नतिजाबिहीन भयो।
नेपाल हङकङसँगै पराजित भएको थियो। तर बहराइनलाई दुवै खेलमा पराजित हुँदा अगाडि बढ्ने बाटो खुलेको हो।
९ टोलीलाई तीन समूहमा विभाजन गर्दा हरेक समूहका शीर्ष टोली सुपर ३ मा प्रवेश गरेका हुन्।
समूह ए बाट थाइल्यान्ड, समूह बी बाट यूएई र सी बाट नेपादल सुपर ३ मा प्रवेश गरेका हुन्। शीर्ष तीनमा पुगेका टोली एक आपसमा भिडेपछि शीर्ष दुई टोली विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन्।




प्रतिक्रिया