टी–२० मा सर्वाधिक रन बनाउने खेलाडी बने रोहित शर्मा


काठमाडौं – भारतका ब्याट्सम्यान रोहित शर्मा टी–२० खेलमा सर्वाधिक रन बनाउने खेलाडी भएका छन् । बंगलादेशसँगको पहिलो टी–२० खेलमा सात विकेटले पराजित भएको खेलमा कप्तानको भूमिका निभाएका रोहितले टी–२० क्रिकेट फर्म्याटकै सर्वाधिक रन बनाउने ब्याट्सम्यानको कीर्तिमान बनाउन सफल भएका हुन् ।

रोहितले भारतकै स्टार ब्याट्सम्यान विराट कोहलीलाई पछि पार्दै नयाँ रेकर्ड बनाए । रोहितले ९९ खेलमा २४ सय ५२ रन बनाएका थिए । बंगलादेशविरुद्धको खेलमा रोहितले नौ रन मात्र बनाए पनि उनले रेकर्ड कायम गर्न सफल भए । रोहितले विराटलाई सर्वा्धिक रन बनाउने सूचीमा दुई रनले पछाडि छाडे । विराटले २४ सय ५० रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement