टी–२० विश्व कप : महिला र पुरुषको पुरस्कार बराबर

टी–२० विश्व कप : महिला र पुरुषको पुरस्कार बराबर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाण्डु– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले महिला र पुरुष टी–२० विश्व कपको पुरस्कार रकमलाई बराबरी बनाएको छ ।

आईसीसीले २०२४ को महिला टी–२० विश्व कपको पुरस्कार रकम ७९ लाख ५८ हजार ८० अमेरिकी डलर तोकेको छ ।

यो अघिल्लो संस्करणको तुलनामा २२५ प्रतिशतले वृद्धि हो । विजेताले २.३४ मिलियन डलर पुरस्कार प्राप्त गर्ने छन् भने उपविजेताले १.१७ मिलियन डलर प्राप्त गर्ने छन् ।

प्रमुख टोली खेलहरूको बीचमा पुरुष र महिला विश्व कपको पुरस्कार रकम बराबरी गर्ने एक मात्र खेलको रुपमा क्रिकेट बनेको छ ।

विजेताका लागि पुरस्कारः २.३४ मिलियन डलर (२०२३ मा १ मिलियन डलर)उपविजेताका लागि पुरस्कारः १.१७ मिलियन डलर (२०२३ मा ५ लाख डलर) सेमिफाइनलमा परेका टोलीहरूः प्रत्येकलाई ६ लाख ७५ हजार डलर (२०२३ मा २ लाख १० हजार डलर) सम्पूर्ण पुरस्कारको रकमः ७९ लाख ५८ हजार ८० डलर (२०२३ मा २.४५ मिलियन डलर) २०२४ को महिला टी–२० विश्व कप संयुक्त अरब इमिरेट्समा हुँदै छ ।

उक्त विश्वकपमा १० टोलीले २३ खेल खेल्नेछन् । विश्वकप ३ अक्टोबरबाट सुरु हुनेछ । उद्घाटन खेलमा बंगलादेशले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ ।