टी–ट्वान्टी विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, को–को परे ? (नामसहित)

टी–ट्वान्टी विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, को–को परे ? (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया क्रिकेट फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

आइतबार पत्रकार सम्मेलन गरेर प्रशिक्षक उमेश पटवालले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट पारस खड्काको कप्तानीमा १४ जना विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरेका हुन् ।

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल खेल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।

एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ ।

यी हुन् विश्वकप खेल्ने नेपाली टोली

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
बसन्त रेग्मी
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
करण केसी
ललित नारायण राजवंशी
अविनाश बोहरा
पवन सर्राफ
प्रदीप ऐरी
रोहित कुमार पौडेल
सन्दीप लामिछाने
शरद भेषवाकर
सोमपाल कामी