टि–२० सिरिजमा भारतीय टोलीको घोषणा, महेन्द्र सिंह धोनी आउट

टि–२० सिरिजमा भारतीय टोलीको घोषणा, महेन्द्र सिंह धोनी आउट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग हुने तीन टि–२० सिरिजको लागि टोली घोषणा गरेको छ । घोषणा गरेको टोलीमा सर्वाधिक अनुभवी विकेटकीपर महेन्द्र सिंह धोनी भने आउट भएका छन् ।

भारतले एक महिना अघि वेस्ट इन्डिजसँगको समान तीन टि–२० र वान डे सिरिजमा पनि धोनीलाई टोली बाहिर राखेको थियो । तीव्र गतिका बलर भुवनेश्वर कुमार पनि टोलीमा छैनन् । अलराउन्डर हार्दिक पान्ड्याले टोलीमा पुनरागमन गरेका छन् । भारतले दक्षिण अफ्रिकासँग पहिलो टि–२० सेप्टेम्बर १५ धर्मशालामा खेल्ने छ ।

सेप्टेम्बर १८ मा मोहाली र सेप्टेम्बर २२ मा बंग्लोरमा खेल्ने छ । भारतसँगको टि–२० सिरिजको लागि दक्षिण अफ्रिकाले क्विन्टन डी ककको कप्तानीमा यस अघिनै आफ्नो टोली घोषणा गरि सकेको छ ।

दक्षिण अफ्रिकासँग खेल्ने भारतको टि–२० टोली

विराट कोहलीको कप्तानीमा रहने खेलाडीमा रोहित शर्मा, केएल राहुल, शिखर धवन, श्रेयस ऐर, मनिष पान्डे, ऋषभ पन्त (विकेटकीपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा,क्रुनाल पान्ड्या, वासिंगटन सुन्दर, राहुल चाहर, खलील अहमद, दिपक चाहर र नवदीप सैनी हुनेछन् ।