टी-२० विश्वकपः आज उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

टी-२० विश्वकपः आज उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको फाइनल आज हुने भएको छ । फाइनल उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदैछ । बरबाडोसमा हुने फाइनल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुनेछ ।

सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई ६८ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो ।

भारतले तेस्रोपटक टी-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो भने दक्षिण अफ्रिका पहिलोपटक उपाधिका लागि भिड्दैछ । भारतले सन् २००७ मा दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको उपाधि जितेको थियो भने २०१४ मा उपविजेता बनेको थियो ।