दृष्टिविहीन महिला टी२० विश्वकप : नेपालद्वारा अष्ट्रेलिया पराजित

दृष्टिविहीन महिला टी२० विश्वकप : नेपालद्वारा अष्ट्रेलिया पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पहिलो दृष्टिबिहिन महिला टी२० विश्वकपमा नेपालले दोस्रो जित दर्ता गरेको छ।

बिनिता सोमाईको अर्धशतकीय पारीमा नेपाल अष्ट्रेलिया विरुद्ध ८ विकेटको रोमाञ्चक जित निकाल्न सफल भएको हो।

दृष्टिविहिन महिला क्रिकेटको इतिहासमा नै पहिलो पटक अष्ट्रेलियासँग प्रतिस्पर्धा गरेको नेपाललाई महत्त्वपूर्ण जित दिलाउन सोमाईले ५६ रनको योगदान दिइन्। उनी ओमन अफ दि म्याच पनि बनिन्।

भारतको बैंगलुरुमा भएको खेलमा १३७ रनको लक्ष्य पछयाउँदै जवाफी ब्याटिङ गरेको नेपालले १४।५ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। नेपालको जितमा सोमाईले ३७ बलमा ५ चौकाको मद्दतमा नटआउट रहँदै ५६ रनको महत्त्वपूर्ण पारी खेलिन् ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदा दोस्रो खेलमा भारतसँग ८५ रनले पराजित भएको थियो। नेपालले आइतबार अमेरिकासँग खेल्दैछ ।

नेपाल गीता पौडेलको कप्तानी तथा विनिता पुनको उपकप्तानीमा विश्वकप यात्रामा छ ।