टी२० विश्वकप : नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

टी२० विश्वकप : नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली क्रिकेट टिमका उप कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा नेपालले आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।

भारतको मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १३३ रन बनाएको छ ।

संकटमा परेको टिमलाई ऐरीले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेलेर सम्हालेका हुन् । ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

नेपालका लागि यो विश्वकपमा यो दोस्रो अर्धशतक हो। यसअघि नेपालले सन् २०१४ मा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक हानेका थिए।

यस्तै सोमपाल कामीले २६ रनको योगदान दिए भने लोकेश बमले १३ रन जोडे ।

यसैगरी गुल्सन झा ११ रन बनाउँला रोष्टन चेसको बलमा बोल्ड भए।आरिफ शेख ८ बलमा २ रन बनाउँदा जेसन होल्डरको बलमा क्याच आउट भए।

ओपनर कुशल भुर्तेल ३ बलमा १ रन बनाउँदा अकिल होसैनको बलमा बोल्ड आउट भए। आशिफ शेख १० बलमा २ चौका सहयोगमा ११ रन बनाउँदा जेसन होल्डरको बलमा क्कयाच आउट भए। कप्तान रोहित पौडेल ७ बलमा १ चौका सहयोगमा ५ रन बनाउँदा म्याथु फोर्डको बलमा एलबीडब्लु धरापमा परे। करण केसी १ रनमा आउट भए।

वेस्ट इन्डिजका जेशन होल्डरले सर्वाधिक चार विकेट लिए । त्यस्तै अकेल हुशेन, म्याथु फोड, समार जोसेप र रोस्टोन चेसले एक/एक विकेट लिए ।

यो खेलमा जित निकाल्दै नेपाल सुपर आठको सम्भावना जोगाइ राख्न चाहन्छ । यता वेस्ट इन्डिज भने नेपाललाई हराउँदै सुपर आठमा प्रवेश गर्न चाहन्छ ।