टी-२० विश्वकपको फाइनल आज, उपाधिका लागि न्युजिल्याण्ड र भारत खेल्दै

टी-२० विश्वकपको फाइनल आज, उपाधिका लागि न्युजिल्याण्ड र भारत खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – टी–२० विश्वकपको उपाधिका लागि आइतबार न्युजिल्याण्ड र भारत भिड्दै छन् ।

२० टोली सहभागी प्रतियोगिताको समापन अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा राति सवा ७ बजे सुरु हुनेछ ।

न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ । टी–२० विश्वकपमा न्युजिल्यान्ड दोस्रो पटक फाइनल खेल्दै छ ।

यसैगरी, भारत तीन पटक टी–२० विश्वकप जित्ने तथा च्याम्पियन बन्ने पहिलो आयोजक हुने दाउमा रहेको छ ।

फाइनल हेर्न एक लाखभन्दा बढी समर्थक उपस्थित हुने छन् । तीमध्ये अधिकांश घरेलु टोली भारतको समर्थनमा रहने छ ।