काठमाण्डु – स्कटल्यान्डमा आइतबारदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदैछ । शृङ्खलाको पहिलो खेलमा आइतबार घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् खेल्दैछन् । यो खेल ग्लास्गोमा नेपाली समयअनुसार साँझ पौने ७ बजे शुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेल साृमबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्नेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् । तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी–२० शृङ्खला गुमाउनेछन् ।
प्रतिक्रिया