टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुरै


काठमाडौं – आगामी वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरै हुने भएको छ ।

आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत महत्वपूर्ण खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै भएको हो ।

आइतबार सिंगापुरले दिएको १९२ रनको विशाल पछ्याएको नेपालले खराब ब्याटिङ र्गयो । नेपाल १५ ओभरमा १०९ रनमै अलआउट भयो ।

नेपालका लागि ओपनिङमा आएका ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ३९ रन जोडे । उनले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। त्यसअघि कप्तान पारस खड्का १० बलमा १२ रन जोडेर आउट भए ।

पारस र ज्ञानेन्द्र ७ ओभरभित्र आउट भएपछि दबाबमा परेको नेपालले लगातार विकेट गुमाएको थियो ।

यस्तै ७ रन बनाएर खेलिरहेका शरद भेषवाकारले लामो प्रहार जनक प्रसादले बाउन्ड्री उफ्रिएर एक हातले क्याच गरेपछि नेपाल संकटमा परेको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २३ रन र सोमपाल कामीले रनआउट हुनुअघि ११ रन जोडे ।अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए ।

नेपाललाई पराजित गरेसँगै सिंगापुर भने आगामी अक्टोबरमा युएईमा हुने विश्व छनोटमा पुगेको छ । विश्व छनोटमा १४ टिमबीच प्रतिस्पर्धा हुनेछ । जहाँबाट ६ टिमले आगामी वर्ष अस्ट्रेलियामा हुने विश्वकपमा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement