बाजुरा – नेकपा एमाले बाजुराको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाजुरामा एमालेको तर्फबाट युवालाई अवसर नदिएको भन्दै तालाबन्दी गरिएको हो ।
बाजुरामा नेकपा एमाले केन्द्रीय कमिटीले युवालाई अवसर नदिएको असन्तुष्टि जनाउँदै एमाले निकटका युवासंघ नेपाल र अनेरास्ववियु बाजुराले संयुक्त रूपमा पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
पार्टीले नवपुस्ता युवाहरूलाई अवसर नदिई पटक–पटक टिकट पाई उम्मेदवार बनेर जित्दै आएका व्यक्तिलाई टिकट दिएको विरोध जनाउँदै पार्टी कार्यालयमा तालाबन्दी गरिएको एमाले निकट राष्ट्रिय युवासंघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव रामचन्द्र रोकायाले बताए ।
एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व महासचिव नरेश रोकायालाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाउन टिकट नदिएको र सिंगो एमाले बाजुरेली युवाहरूमाथि खेलवाड गरिएको उनीहरूको भनाइ छ ।
युवाहरूले यस पटकको निर्वाचनमा एमालेका नयाँ अनुहारलाई उम्मेदवार बनाउनुपर्ने माग राख्दै आएका थिए । तर एमालेले निर्वाचनका लागि केन्द्रीय कमिटी सदस्य लालबहादुर थापालाई सिफारिस गरेपछि युवाहरू आक्रोशित भएका छन् ।




प्रतिक्रिया