काठमाडौं – समाजवादी विद्यार्थी युनियनले त्रिभुवन विश्वभिद्यालयका उपकुलपति कार्यकक्षमा तालाबन्दी गरेको छ । विद्यार्थी युनियन त्रिवि समितिले सात बुँदे माग राख्दै त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा बुधबारदेखि तालाबन्दी गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालयलाई अनलाइन प्रणालीमा लैजानुपर्ने, त्रिविको आवास गृहमा लापरबाही रोक्नुपर्ने, त्रिवि परिसरमा बनाइएको छाप्रा टहरा र पशुपालन हटाई शैक्षिक वातावरण बनाउनुपर्ने माग समितिले राखेको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार त्रिविको शैक्षिक क्यालेन्डरलाई कडाईका साथ लागू गर्दै अदालतमा मुद्दा चलिरहेको प्राध्यापकलाई जिम्मेवारी मुक्त गर्नुपर्ने र प्राध्यापकले एकै दिन हप्तौंसम्मको हाजिर गर्ने बेथिति रोक्नुपर्ने माग गरेको छ ।




प्रतिक्रिया