देश छाडेर जानेको घर भाडामा दिने तालिबानको घोषणा

देश छाडेर जानेको घर भाडामा दिने तालिबानको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तालिबानले काबुलमा आफ्नो घर छाडेर भागेका मानिसहरूको घर भाडामा दिने बताएको छ ।

तालिबानले बुधबार अरबी भाषको ट्वीटर एकाउन्टबाट घर छाडेर भागेका मानिसहरूको घर भाडामा दिने र यसबाट हुने आम्दानी मुलुकको केन्द्रीय बैंकलाई दिने घाेषणा गरेको हो ।

तालिबानले हाल मुलुक छाडेर भागेका मानिसहरू घर फिर्ता नआउँदासम्म घर भाडामा दिनुपर्ने जनाएको छ । अफगानिस्तानमा हाल गम्भीर आर्थिक संकट देखिएको अवस्थामा तालिबानले उक्त घोषणा गरेको हो ।