एजेन्सी – अफगानिस्तानमा इस्लामिक स्टेट खोरासान प्रोभिन्स (आईएसकेपी) नामक आतंकवादी संगठनको एक अड्डा तालिबानले ध्वस्त पारेको छ ।
आइतबार आर्ईएसकेपीले एक मस्जिदमा गरेको बम आक्रमणमा पाँचजना मारिएपछि तालिबानले उसविरुद्ध कारवाही चलाएको अन्तराष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।
तालिबानका मुख्य प्रवक्ता जबीउल्लाह मुजाहिदको मृत्युपछिको समारोह आयोजना गरिएको स्थान काबुलको ईदगाह मस्जिदमा उक्त आक्रमण गरिएको थियो ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार तालिवान लडाकुले काबुलभन्दा उत्तरतर्फ आइतबार साँझ आईएसकेपीका सदस्यहरूमाथि आक्रमण गरेर उनीहरूको अड्डा ध्वस्त पारेको र सामूहिक हत्या गरेको हो । तालिबान लडाकू र आईएसकेपीका लडाकुबीच घन्टौँसम्म लडाइँ चलेको थियो ।
आईएसकेपी अफगानिस्तान र पाकिस्तानका विभिन्न भागमा सक्रिय छ र सन् २०१५ मा त्यसलाई इस्लामिक स्टेटले मान्यता दिएको थियो ।




प्रतिक्रिया