अधिकार माग्दै राष्ट्रपति भवनतर्फ बढेका महिला प्रदर्शनकारीलाई तालिवानले बन्दूकको कुन्दाले हिर्काए

अधिकार माग्दै राष्ट्रपति भवनतर्फ बढेका महिला प्रदर्शनकारीलाई तालिवानले बन्दूकको कुन्दाले हिर्काए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – काबुलमा आफ्नो अधिकारका लागि दर्जनौँ महिलाहरुले आयोजना गरेको प्रदर्शनलाई तालिवान अधिकारीहरुले बिथोलिदिएका छन् । तालिवानले काबुल नियन्त्रणमा लिएपछि शनिबार पहिलो पटक महिलाहरुले प्रदर्शन गरेका थिए ।

महिला अधिकार सुनिश्चितको माग गर्दै राष्ट्रपति भवनतर्फ बढेका प्रदर्शनकारीलाई तालिवान लडाकूले अश्रुग्यास र पेपर स्प्रे प्रहार गरेका थिए ।महिलाको प्रदर्शन नियन्त्रणबाहिर गएको तालिबानले आरोप लगाएको छ । प्रदर्शनकारी महिला सोरयाका अनुसार तालिवानले केहीलाई बन्दूकको कुन्दाले हिर्काएर रक्ताम्य बनाएका थिए ।

काबुलसहित अफगानिस्तानको हेरात सहरमा महिलाहरुले प्रदर्शनहरु गर्दै आएका छन् । प्रदर्शनकारीहरुले महिलालाई घरबाहिर काम गर्न दिइनुपर्ने तथा सरकारमा सहभागी गराइनुपर्ने माग राखेका थिए ।