सुरक्षा परिषदको आपतकालीन बैठक बस्दै, बेलायतले तालिबानी सरकारलाई मान्यता नदिने

सुरक्षा परिषदको आपतकालीन बैठक बस्दै, बेलायतले तालिबानी सरकारलाई मान्यता नदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठक बस्दैछ ।

साेमबार बस्ने बैठकमा संयुक्त राष्ट्र संघले तालिबानलाई कसरी लिन्छ भन्ने स्पष्ट भएको छैन् । १९३ सदस्यीय संगठनका धेरै देशले तालिबानको क्रूरताको निन्दा गरेका छन् । उनीहरूले सम्भवतः यस्तो घोषणालाई मान्यता नदिने बताइएको छ । तालिबानले राष्ट्रसंघ समक्ष आफुलाई अफगानिस्तानमा वैध शक्ति घोषणा गर्नुपर्ने चुनाैती थपिएकाे छ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा करिब ३,००० कर्मचारी र ७२० अन्तर्राष्ट्रिय कर्मचारी सदस्यहरुलाई काममा खटाएको छ । गत बर्ष महामारी सुरु भएयता लगभग आधा अन्तर्राष्ट्रिय कर्मचारीहरु देश बाहिर काम गरिरहेका छन् ।

तालिवानले संयुक्त राष्ट्र संघको सहायता परिचालनमा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएका छन् । तर ३० जुलाईको पश्चिमी शहर हेरातमा एक संयुक्त राष्ट्र संघको कार्यालय तालिबानहरुले हमला गरेका थिए ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघले दुई दशकअघि अमेरिकी नेतृत्वको कब्जाको प्रारम्भिक दिनदेखि नै व्यापक सहायता अभियान सञ्चालन गरिरहेको छ ।

महासचिव एन्टोनियो गुटेरेसले बारम्बार अफगानिस्तानका नागरिकहरुमाथिको हमलाको निन्दा गरेका थिए । तालिबान र सरकारका प्रतिनिधिहरुलाई शान्तिपूर्ण समाधानका लागि वार्ता गर्न उनले आग्रह गर्दै आइरहेका थिए ।

जब अफगानिस्तानमा सरकार ढल्दैछ र तालिबान लडाकूहरु एक पछि अर्को शहरमा पस्दैछन् भन्ने कुरा स्पष्ट हुँदै गइरहेका बेला गुटेरेसले देश नियन्त्रण बाहिर गएको बताएका थिए ।

बेलायतले तालिबानी सरकारलाई मान्यता नदिने बताएको छ । प्रधानमन्त्री बेरिस जोन्सनले आइतबार राती पत्रकार सम्मेलन गर्दै विद्रोही समूह तालिबान नेतृत्वको सरकारलाई मान्यता दि नसकिने बताएका हुन् ।