तालिबान सरकारको उद्घाटन समारोहमा रुस सहभागी नहुने

तालिबान सरकारको उद्घाटन समारोहमा रुस सहभागी नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी –  तालिबान सरकारको उद्घाटन कार्यक्रममा रुस सहभागी नहुने भएको छ । रुसी सरकारका प्रवक्ता दिमत्री पेस्कोभले अवस्था कसरी परिवर्तन हुन्छ भन्ने थाहा नभएको उल्लेख गर्दै तालिबानको नेतृत्वमा बनेको अफगान सरकारको पहिलो र त्यसपछि अन्य कदम कस्तो हुनेछ हेर्न जरुरी रहेको बताए ।

रुसको माथिल्लो सदनका प्रवक्ताले तालिबानको सरकार उद्घाटन कार्यक्रममा राजदूतस्तरको अधिकारी पठाउने भनेका थिए । बिहीबार राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश रुस अफगानिस्तानबाट अन्य देशका नागरिकलाई बाहिर निकाल्न तालिबानसँग संवाद भइरहेको बताएका थिए ।