अफगानिस्तानमा दाह्री काट्न प्रतिबन्ध

अफगानिस्तानमा दाह्री काट्न प्रतिबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – तालिवानले अफगानिस्तानका नाऊहरूलाई दाह्री काट्न प्रतिबन्ध लगाएका छन् । नियम नमान्नेलाई सजाँय दिइने उनीहरूले चेतावनी दिएका छन् । यसअघि तालिवानले महिलामाथि विभिन्न प्रतिबन्ध लगाएका थिए ।

हेल्मन्ड प्रान्तका नाऊहरूले आफूहरूलाई तालिवानले अबदेखि ग्राहकका दाह्री नकाट्न निर्देशन दिएको बताए ।

तालिवानले नाऊलाई अमेरिकी सिको नगर्न फोनबाट चेतावनी समेत दिएका छन् । यसअघि तालिवानले अपहरणको आरोप लागेका चार जनालाई हत्या गरेर उनीहरुको शव सार्वजनिक स्थलमा झुन्डाएका थिए ।