एजेन्सी – अफगानिस्तामा तालिवान शान लागू भएपछि ५ हजार महिला सैनिक गुपचुप बनेका छन् । पूर्वअफगानिस्तान सरकारको पालामा विभिन्न सुरक्षा क्षेत्रमा कार्यरत करिब ५ हजार अफगान महिला सैनिक गुपचुप बनेका हुन् ।
सन् २००१ मा तालिवान शासन पतन र पश्चिमा समर्थनको पूर्वअफगान सरकारको उदयसँगै देशमा नयाँ सैन्य बल बनेको थियो । सो सरकारले हजारौं अफगान महिलालाई देशको विभिन्न सुरक्षा निकायहरुमा भर्ना गराएको थियो ।
गत अगष्टमा अफगानिस्तानमा पुन तालिवान शासन उदय हुँदा त्यहाँ कम्तीमा ५ हजार अफगान महिला सैनिकहरु देशको विभिन्न सुरक्षा निकायमा कार्यरत थिए । रक्षा मन्त्रालय र सेना, आन्तरिक मामिला मन्त्रालय र प्रहरी, राष्ट्रिय सुरक्षा निर्देशनालय अर्थात अफगानिस्तानको सिभिल प्रहरीको रुपमा ५ हजार महिला सैनिक खटिएका थिए ।
अफगानिस्तानमा तालिवान सरकारले पुन शासन चलाएसँगै विभिन्न सुरक्षा निकायका विभिन्न पदमा कार्यरत ती महिला सैनिकहरु गुपचुप रुपमा काम गरिरहेको छ ।




प्रतिक्रिया