एजेन्सी- अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि सो समूको उच्च नेतृत्वमा रहेका नेताहरु कताबाट स्वदेश फर्केका छन् । स्वदेश फर्किनेमध्ये कतिपय नेताहरूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए । तालिबानका संस्थापकमध्येका एकजना नेता मुल्लाह अब्दुल गनी बरादर पनि अफगानिस्तान पुगेका छन् ।
अमेरिकी सैन्य फिर्तीबारे भएका वार्ताहरूमा महिनौँ नेतृत्व गरेका उनको स्वदेश फिर्तीलाई एउटा नाटकीय पुनरागमनको सङ्केतका रूपमा लिइएको छ । उनी स्वदेश फर्कने क्रममा कान्दहार विमानस्थलनमा उत्रिएका हुन् । कान्दहार तालिबानकै शब्दमा उनीहरूको पवित्र उद्गमस्थल हो ।




प्रतिक्रिया