तालिबान लडाकु ताला तोडेर भारतीय दूतावासभित्र पसे

तालिबान लडाकु ताला तोडेर भारतीय दूतावासभित्र पसे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा बुधबार छापा मारेको छ । भारतको अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार हाल बन्द कन्धार र हेरातमा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोडी तालिबान लडाकु प्रवेश गरेका हुन् ।

त्यस क्रममा उनीहरूले कन्धारस्थित भारतीय दूतावासको दस्तावेज खोज्दै दराज खोले भने दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडी लिएर गएको जनाइएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा सरकारको गुप्तचर एजेन्सी एनडीएसका लागि काम गर्ने अफगानी नागरिक खोजीका लागि तालिबानी लडाकु घरघर पुगेका बताइएको छ ।