भारतीय सेनाका तीन तारे जर्नेलको नेतृत्वमा आएको टोलीको काठमाण्डुमा उच्चस्तरीय भेटवार्ता (तस्वीरहरू)

भारतीय सेनाका तीन तारे जर्नेलको नेतृत्वमा आएको टोलीको काठमाण्डुमा उच्चस्तरीय भेटवार्ता (तस्वीरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच दिने नेपाल भ्रमणमा रहेकाे भारतीय सेनाकाे प्रतिनिधिमण्डलले सैनिक मुख्यालय जंगी अड्डाकाे भ्रमण गरेकाे छ। आइतबार नेपाल आएको नयाँ दिल्लीस्थित राष्ट्रिय रक्षा कलेजमा सञ्चालित ‘राष्ट्रिय रक्षा पाठ्यक्रम-६२’मा सहभागी शिक्षार्थीहरूसहितकाे ३१ सदस्यीय भ्रमणदलले सोमबार जंगी अड्डाकाे भ्रमण गरेकाे हाे।

भ्रमणका क्रममा टाेलीले प्रधानसेनापति प्रभुराम शर्मासँग वार्ता गरेको छ। भेटमा दुई देशका सैनिकबीचको सहकार्य र हितका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भम्रणदलको नेतृत्व एयर भाइस मार्शल तेजवीर सिंहले गरेका छन्। भ्रमणदलमा भारत, भुटान, बंगलादेश, भियतनाम, साउदी अरब र अमेरिकाका अधिकारीहरू रहेका छन् । उनीहरूले भदौ १६ गतेसम्म नेपाल भ्रमणका क्रममा विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकनका साथै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यतालिका छ।

भ्रमणदलले पाँच दिवसीय नेपाल भ्रमणको क्रममा सोमबार नै प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटघाट गरेका छन् ।

साथै, उक्त भ्रमणदलले पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टर काठमाण्डौं दरवार स्क्वायर, लुम्बिनी, नाम्चे बजार तथा काठमाण्डौं र पोखरामा अवस्थित विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण सम्पन्‍न गरी भाद्र १६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

विगतदेखि नै प्रचलनमा रहेको यस प्रकारको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप सुदृढ पार्नुका साथै आपसी सम्बन्धलाई थप उचाईमा पुर्‍याउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।